पचासी प्रतिशत स्याउ बिक्री

पचासी प्रतिशत स्याउ बिक्री

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,११ कात्तिक ।

मुस्ताङ्गका कृषकले आफना बगैंचामा उत्पादन गरेको स्याउ आजसम्ममा ८५ प्रतिशत बिक्री भइसकेको छ । इन्धनको चरम अभावले चर्को भाडा तिरेरै भएपनि ढुवानी गरेर कृषकले स्याउ बिक्री गरेका छन् ।

भारतको अघोषित नाकाबन्दीले अन्य मुलुकबाट स्याउ आयात गर्न नसकिएकोले यस वर्ष मुस्ताङ्गमा उत्पादन भएको स्याउले राम्रो मूल्य पाएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले बताउनुभयो ।

गएको भदौको अन्तिम सातादेखि कृषकले स्याउ टिप्न सुरु गरेकोमा अव १५ प्रतिशत मात्रै स्याउ टिप्न बाँकी रहेको बताइएको छ । यस वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिकटन स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

यो वर्ष जिल्लामा करीव रु ४० करोडभन्दा बढीको स्याउ उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा चार हजार मेट्रिकटन मात्रै स्याउ उत्पादन भएको थियो । यो वर्ष स्याउको फुल पूmल्ने बेलामा असिना पानी र हिउँ परेकोले पाँचदेखि सात प्रतिशत उत्पादन घटने विश्वास गरिएको थियो ।

गत वर्ष जिल्लामा ३३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा यस वर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । कृषकले बगैचाबाटै प्रतिकिलो रु ८० देखि रु ८५ मा स्याउ बिक्री गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी