आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने

आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ११ कार्तिक ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा रहेका आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने भएका छन ।

मधेस केन्द्रीत चार दलको मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने बताएको छ । मधेसी मोर्चामा आवद्ध चार दल तमलोपा, संघीय समाजवादी फोरम, सद्भावना र तमसपाका ३५ सभासद छन् ।

प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । तर, राष्ट्रपति चुनावमा भाग नलिने समझदारी भएको फोरमका सभासद लालबाबु राउतले बताउनुभयो ।

यस्तै संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ । मोर्चामा आवद्ध शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन सभासद छन् भने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसँग एक सभासद छ ।

थरुहट तराई पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । दुई सभासद रहेको थरुहट प्रधानमन्त्री चुनावमा तटस्थ बसेको थियो । नेपाल सद्भावना पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । अनिल झा नेतृत्वको उक्त पार्टीका एक सभासद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ