काठमाडौ ११ कार्तिक ।
वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधा सम्पन्न घरमा आवासको व्यवस्था गर्ने तयारी गरेको छ ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो ।
व्यवस्थापिका संसदबाट आज नयाँ राष्ट्रपति चयन हुने भएपछि वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको स्रोतले बताएको छ ।
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गर्नुभएको छ । पूर्वराष्ट्रपतिको हैसियतमा उहाँलाई सरकारले सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधा सहित अन्य सुविधा प्रबन्ध गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline