चेल्सी लिग कपफुटबलको चौंथो चरणबाटै बाहिरियो

चेल्सी लिग कपफुटबलको चौंथो चरणबाटै बाहिरियो

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौ ११ कार्तिक । 

डिफेन्डिङ च्याम्पियन चेल्सी लिग कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ । गएराति सम्पन्न खेलमास्टोक सिटीसँग टाइब्रेकरमा ५–४ ले पराजित भएसँगै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो ।

स्टोक सिटीका जोन वालटरले खेलको ५२ औं मिनेटमा गोल गर्दैे सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा चेल्सीका लुइक रेमीले गोल गर्दै खेल १–१ को बारबरीमा पुग्यो । त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो ।

इन्जुरी समयमा फिल बार्डस्ली दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि अतिरिक्त समयमा स्टोक १० खेलाडीमा सिमित भएको थियो । टाइब्रेकरमा चेल्सीका इडेन हर्जाडले गोल गर्न नसकेपछि स्टोक विजयी भयो ।

चेल्सीले यो सिजन खराब प्रर्दशनलाई जारी राखेको छ । खराब प्रदर्शनसँगै प्रशिक्षक जोन मोरिन्होको आलोचना हुन थालेको छ । चेल्सीका समर्थकले प्रशिक्षक मोरिन्होलाई बर्खास्त गर्नु पर्ने माग समेत गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी