नाकाबन्दीका कारण दूध डेरीले दूध नउठाएपछि कृषक समस्यामा

नाकाबन्दीका कारण दूध डेरीले दूध नउठाएपछि कृषक समस्यामा

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं , ११ कात्तिक । 

भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि चितवनका कृषक मर्कामा परेका छन् ।

दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण एक लाख २५ हजार लिटर हाराहारी दूध नोक्सान हुँदै आएको छ । 

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष हरिहर सुवेदीका अनुसार संविधान जारी भएसँगै झन्डै ३७ दिनयता कृषकको दूध पूरै उठ्न सकेको छैन । यो सबै हिसाबबाट करिब रु २२ करोड नोक्सान भइसकेको उहाँले बताउनुभयो ।

चितवनमा १३८ वटा डेरी र २०० वटा निजी फर्मबाट दूध सङ्कलन हुने गर्दछ । जिल्लामा ७१ हजार गाई र ६८ हजार भैँसी रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा रामकुमार कार्कीका अनुसार जसमध्ये ६० प्रतिशत गाई दुहुना छन् भने भैँसी ३५ प्रतिशतको हाराहारीमा दुहुना रहेका छन् । पछिल्लो समय नस्ल सुधारका कारण दूध उत्पादन प्रभावकारी हुँदै गए पनि बिक्री गर्न नपाएपछि व्यवसाय प्रभावित बनेको प्रमुख कार्कीले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष गाईभैँसीमा जिल्ला पशु सेवा कार्यालयले मात्र रु ५४ लाख अनुदानसमेत दिएको थियो । दाना चोक्करको मूल्य बढ्नु र दूध बिक्री हुन नसक्नुले यो व्यवसाय नै धरासायी हुनेतर्फ गएको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ चितवनका उपाध्यक्ष बालकृष्ण उप्रेती बताउनुहुन्छ ।

चितवनबाट दुग्ध विकास संस्थान (डिडिसी) सुजल फुड र सीताराम डेरी उद्योगले दूध खरिद गर्ने गरेका छन् । जिल्लाको ठिमुरामा खुलेको चितवन मिल्क उद्योग बन्द भएका कारणले पनि दूध उठ्न नसकेको हो । सो उद्योग भूकम्प गएयता सञ्चालन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी