म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई १७ दिन थुनामा राख्न अनुमति

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई १७ दिन थुनामा राख्न अनुमति

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १० कार्तिक ।

म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई थप १७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, अन्जान केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीविरुद्ध विरुद्ध प्रहरीले विशेष अदालतमा राज्यविरुद्धको मुद्दा दर्ता गरेको थियो ।

दसैं विदाका कारण अदालत बन्द भएकाले म्याद थपका लागि उनीहरुलाई आज विशेष अदालतमा उपस्थित गराइएको हो । अदालतले उनीहरुलाई अरु १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । पहिलो पल्ट म्याच फिक्सिङको मुद्दा परेको र त्यसबारेमा स्पष्ट कानुन नभएकाले प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको मुद्दा लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी