कात्तिक नाच ३० गते देखि

कात्तिक नाच ३० गते देखि

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१० कात्तिक ।

मल्लकालीन कात्तिक नाच यही कात्तिक ३० गतेदेखि सुरु हुने भएको छ । पाटन दरबार स्वायरस्थित चार नारायण मन्दिर परिसर, कात्तिक डबलीमा देखाइने उक्त नाच १० दिनको हुने छ ।

राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको उक्त नाच पहिले पहिले २७ दिनसम्म चले पनि पर्याप्त बजेट अभावका कारण अचेल १० दिनसम्म मात्र चल्ने गर्छ । नाच ३७४ वर्ष पहिले सुरु भएको मानिन्छ ।

सो नाचअन्तर्गत बराह अवतार, नारायण अवतार, नृसिंह अवतार, वस्त्र हरणलगायत नाच देखाइन्छ । नाच सञ्चालनका लागि करिब २०० जनशक्तिको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्मा उपाध्यायले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ