काठमाडौं , १० कात्तिक ।
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले म्याद थपका लागि आज विशेष अदालतमा उपस्थित गराएको छ ।
अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।
उनले समय आएपछि सबैकुरा छर्लङ्ग हुने जनाउँदै देशका लागि आफुहरुले १५ ÷२० वर्ष खेलेको र अहिलको अवस्थामा मिडियाको साथ चाहिएको बताएका छन ।
उनले पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफुहरुलार्ई पत्रकारहरुको साथ चाहिएको तर हाँहरुले पहिले नै आफुहरुलार्ई दोषी करार गरि सजायँ पनि दिइ सकेको बताए ।
उपकप्तान सन्दीप राईले आफुहरुलाई अनुसन्धानका क्रममा राखिएकाले सबै कुरा अनुसन्धानपछि मात्र बोल्ने बताए ।
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई म्याद थपमा लागि अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी विश्वराज पोखरेलले बताए ।
उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा प्रशिक्षक अन्जन केसी तथा कप्तान थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री छन् ।