कांग्रेसले लिन बाहेक दिन जानेको छैन : प्रधानमन्त्री ओली

कांग्रेसले लिन बाहेक दिन जानेको छैन : प्रधानमन्त्री ओली

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १० कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले लिन बाहेक दिन नजानेको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले कांग्रेसले दिने एउटा मात्रै वस्तु धोका रहेको बताउनु भयो ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहनु भएका ओलीले आज संसद भवनमा आयोजित दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले धोका दिएकाले राष्ट्रपति छाड्न नसकिएको बताउनु भयो ।

आफ्नो दलका सांसदहरुलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो कांग्रेसले ‘गिभ एण्ड टेक भन्छ, तर टेक गर्ने बाहेक गिभ गर्न कहिल्यै सिकेन ।’ उसले गिभ गर्ने भनेको धोका मात्रै हो । हामीले पटक-पटक धोका खान चाहेनौं ।

‘विन विन’ भन्दै सबै आफैले एकलौटी गर्ने र ‘गिभ एण्ड टेक’ भन्दै सबै आफैं लिन खोज्ने प्रवृत्ति देखिएकाले यसपटक राष्ट्रपतिमा कांग्रेसको माग पूरा गर्न नसकिएको ओलीको भनाई छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सुदृढ बहुमतका साथ एमालेसहित सत्तारुढ गठबन्धनका उम्मेदवारले राष्ट्रपतिमा जित हासिल गर्ने बताउनु भएकोे सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ