काठमाडौ १० कार्तिक ।
विराटनगरको मलाय रोडमा प्रहरी र मधेसी मोर्चाबीच झडप भएको छ ।
मलाय सडक अवरोध गरि बसेका मोर्चा कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी उठाएपछि झडप भएको हो ।
आज मध्यान्ह मोर्चा र प्रहरीबीच घम्साघम्सी चलेको थियो । सडक अवरुद्ध पार्न मोर्चाले राखेका सिसाका टुक्राहरु, ढुंगा लगायतका वस्तु अहिले प्रहरीले हटाएको छ । प्रहरीले आन्दोलनकारीलाई केहीपर लखेटेको छ ।
यसैगरी चुतवा क्षेत्रमा भने प्रहरी र प्रदर्शनकारीबीच दोहोर ढुंगा हानाहान भएको छ ।
बिहानदेखि अहिलेसम्म आन्दोलनकारीले २ वटा विद्युतीय रिक्सा र एउटा मोटरसाइकल तोडफोड गरेका छन् भने विराटनगर १७ मा रहेको एमएम प्लाष्टिक उद्योगमा ढुंगामुढा गरेर क्षति र्पुयाएका छन् ।
अहिले ती क्षेत्रमा स्थानीय प्रशासनले जनपथ प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति बाक्लो पारिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline