काठमाडौ १० कार्तिक ।
इन्धन आयातमा कमी आएसँगै कालोबजारी बढ्दै गएपछि सरकारले आजबाट विशेष अनुगमन गर्ने भएको छ ।
भारतको नाकाबन्दीका कारण सहज रुपमा इन्धन आपूर्ति हुन नसक्दा बजारमा कालोबजारी बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सरकारले अनुगमनलाई प्रभावकारी बनाउन लागेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमका पदाधिकारी सम्मिलित संयन्त्रले आजबाट बजार अनुगमन गर्ने जनाएको छ ।
विशेष अनुगमनसँगै सधैँजसो गर्दै आएको बजार अनुगमनलाई पनि निरन्तरता दिने विभागका महानिर्देशक नरायणप्रसाद बिडारीले बताउनुभयो । विभागले केही दिन अघि विभिन्न पेट्रोल पम्पमा समेत अनुगमन गरेको थियो ।
कालोबजारी गर्ने र गुणस्तरहीन वस्तुको कारोबार गर्नेलाई कसुर अनुसारको कारबाही हुने बिडारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline