फिफा अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी

फिफा अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, कार्तिक १० ।

फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । फिफाको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने समय सकिएसँगै अध्यक्षमा ९ प्रत्याशी देखा परेका हुन् ।

आर्थिक अनियमितता, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण लगायतका मुुद्दामा फिफाको वर्तमान नेतृत्वपंक्ति मुछिएपछि फिफामा नेतृत्वको संकट चुलिएको छ ।

यस्तो अवस्थामा अध्यक्ष सेप ब्लाटरले पद त्याग्ने घोषणा गर्दै आगामी फेबु्रवरीमा विशेष साधारणसभा बोलाएका छन् । ज्युरिचमा हुने साधारणसभाले फिफाको नयाँ नेतृत्व चयन गर्नेछ ।

फिफा अध्यक्षका लागि युरोपियन फुटबल महासंघ युएफाका महासचिव जियानी ईन्फान्टीनोले उम्मेदवारी दिएका छन् । यस्तै जोर्डनका राजमुकार अली बीन अल हुसैन, एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफाले पनि अध्यक्षका लागि उमेदवारी दिएका छन् ।

यसैबीच दक्षिण अफ्रिकाका टोक्यो सक्सवेल, ट्रिनिडाड एण्ड टोबागोका डेभिड नाखिद, फिफाका पूर्व पदाधिकारी जेरोमी स्याम्पेन, लाईबेरियन फुटबल संघका अध्यक्ष मुसा बिलीटी र नाईजेरियाका सेगुन ओडेग्बाकीले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सबै उम्मेदवारले कम्तिमा ५ सदस्य राष्ट्रको लिखित समर्थन जुटाउनुपर्ने फिफा विधानमा उल्लेख छ । फिफाले उम्मेदवारहरुको मनोनयन सुची भने सार्वजनिक गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी