तेह्र नेपाली केरुङ प्रस्थान

तेह्र नेपाली केरुङ प्रस्थान

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

रसुवा, ९ कात्तिक ।

भूकम्पपछि रसुवाको उत्तरी नाका रसुवागढीबाट स्वदेश फर्केका केरुङमा होटल व्यवसाय गर्ने नेपाली व्यवसायी आफ्नो व्यवसाय सम्हाल्न आज केरुङ प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार १३ व्यवसायी रसुवागढी नाकाबाट केरुङतर्फ गएका हुन् । नेपाल–चीन सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि अध्यागमन विभागबाट प्रदान गरिएको स्थायी अनुमति पाएका नेपालीले केरुङमा व्यवसाय सञ्चालन गर्न पाउने प्रावधानअनुरुप टिमुरे, गोलजुङ, धुन्चे, स्याफ्रुलगायत क्षेत्रका बासिन्दाले केरुङमा होटल लज सञ्चालन गर्दै आएका छन् ।

भूकम्पपछि आफ्नो घरको अवस्था बुझ्न नेपाल फर्केका नेपालीलाई रसुवागढी नाकाबाट तत्कालीन अवस्थामा केरुङ जान चिनियाँ पक्षले रोक लगाएपछि आफू रोकिनुपरेको र विदेशमा चर्को घरभाडाबिना व्यवसाय तिर्नुपर्दा ठूलो मर्का परेको व्यवसायीले बताए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ