सभासद् यादवको घरमा बम फेला

सभासद् यादवको घरमा बम फेला

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सप्तरी, ९ कात्तिक ।

अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ ।

राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो ।

यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ