काठमाडौ ९ कार्तिक । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी गोल रहित बराबरीमा रोकिएका छन् ।
खेलसँगै दुवै टोलीले लिगमा अंक बाँडेका छन् । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
बराबरीपछि १० खेलबाट २२ अंक जोडेको म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गोल अन्तरमा अघि रहँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
समान १० खेलबाट २२ अंक नै जोडेको आर्सनल दोस्रो स्थानमा छ । यस्तै १० खेलबाट २० अंक जोडेको म्यानचेस्टर युनाइटेड चौंथो स्थानमा छ । प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुल र साउथह्यामप्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline