कैलालीमा जीपको ठक्करबाट बालिकाको मृत्यु

कैलालीमा जीपको ठक्करबाट बालिकाको मृत्यु

  • आइतवार, कार्तिक ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, ८ कार्तिक ।

कैलालीको अत्तरियामा जीपको ठक्करबाट एक बालिकोको ज्यान गएको छ ।

हिजो बेलुका अत्तरिया–४ मा म १ ज ११८ नम्बरको जीपले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर–८ का शंकर रोकायाकी ७ वर्षकी छोरी दीक्षा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कृष्णपुर स्थित आफ्नो घरबाट दसैँको टीका लगाउन तेघरी स्थित मामाको घर जाँदै गरेका बेला जीपले बालिकालाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी बालिका रोकायाको उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याए लगतै ज्यान गएको हो । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ