व्याकुल माइला गोल्डकप सोमबारदेखि सुरु हुदै

व्याकुल माइला गोल्डकप सोमबारदेखि सुरु हुदै

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ७ कात्तिक ।

राष्ट्रियगान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्डकपको पाँचाँैं संस्करण सोमबार सुरु हुँदै छ ।

फुटबल प्रतियोगिता ओखलढुङ्गाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी किनारमा नौ दिन सञ्चालन हुने आयोजकले जनाएको छ ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको सो फुटबल प्रतियोगिता आयोजक संस्था दूधकौशिका प्राविका प्रधानाध्यापक आश्राचन राईले गोल्डकपको मुख्य उद्देश्य खेलकुदलगायत विकास निर्माण र विविध पक्षबाट पिछडिएको ठाउँका प्रतिभालाई मौका प्रदान गर्नु, यस क्षेत्रको समग्र विकास कार्य सम्बन्धमा आवाज उठाउनु, राष्ट्रियगान रचनाकार जन्मिएको हिलेपानी सोक्मटार गाउँलाई चिनाउनु रहेको बताउनुभयो ।

हिलेपानी फुटबल क्लबका महासचिव पूर्ण्सिंह राईका अनुसार यस पटक ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली र ललितपुर जिल्लाका गरी १८ टोलीको सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी