बसबाट पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ

बसबाट पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ

  • शनिबार, कार्तिक ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,७ कात्तिक । 

आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसबाट हुने पेट्रोलियम पदार्थको ढुवानीमा निगरानी बढाएको छ ।

केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसभित्र ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण आगो फैलेर यात्रुको हताहत भएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थ ढुवानीमा सजगता अपनाउन आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारीसाधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरिएको बताउनुभयो ।

भारतले अघोषितरुपमा नाकाबन्दी गरेसँगै काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कञ्चनपुरबाट समेत सर्वसाधारणले पेट्रोलियम पदार्थ काठमाडौँ पठाएका थिए ।

उनीहरुले भारतीय सीमावर्ती सहरबाट खरिद गरी काठमाडौँ पढाउने क्रम बढेको भए पनि बाँकेको घटनापछि बस व्यवसायीले समेत पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाउन थालेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ