भक्तपुरका किसानलाई धान काट्न भ्याइनभ्याइ

भक्तपुरका किसानलाई धान काट्न भ्याइनभ्याइ

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, ६ कात्तिक ।

नेपालीका घरघरमा दसैँको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ ।

दसैँको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताउनुभयो ।

दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उहाँले बताउनुभयो । अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्गलगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ ।

पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् । सूर्य्विनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैँ लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताउनुभयो ।

भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले यहाँका किसान चिन्तित छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ