यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,६ कात्तिक ।

मलेसियामा सम्पन्न आइसीसी अन्डर १९ विश्वकप छनोटमा विजयी भएको नेपाली टोली आज स्वदेश फिर्ता भएको छ । मध्यान्ह साढे १२ बजे आएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

नेपालले हिजो भएको खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु(१९ विश्वकप विश्वकपका लागि छनोट भएको हो ।

मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै टीमको कडा मेहनत र एक अर्काको सहयोगले बिश्बकप खेल्ने सपना पुरा हुने बताए ।

प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताएका छन ।

नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर आएको र अझै राम्रो अभ्यास गरेमा जित नेपालको पक्षमा आउने बताए । प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै ब्याटिङमा सुधार गर्न आबश्यक रहेको बताए ।
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी