साउथ अफ्रिकाबिरुद्धको चौथो वान डे क्रिकेटमा इन्डिया ३५ रनले विजयी

साउथ अफ्रिकाबिरुद्धको चौथो वान डे क्रिकेटमा इन्डिया ३५ रनले विजयी

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, ६ कार्तिक ।

साउथ अफ्रिकाबिरुद्धको चौथो वान डे क्रिकेटमा इन्डिया ३५ रनले विजयी भएको छ । इन्डियाको जितपछि पाँच म्याचको वान डे सिरिज २–२ को स्थितीमा पुगेको छ ।

३ सय रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर मात्र २ सय ६४ रन बनाउन सक्यो । कप्तान एबी डि भिलियर्सको सतकिय इनिङ्सका बाबजुत साउथ अफ्रिकी टोली पराजित भयो । ओपनर क्विनटन डि कोकले ४३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन ।

यसअघि, चेन्नाईमा टस जितेर ब्याटिङ्ग गरेको इन्डियाले विराट कोहलीको सतकिय इनिङ्ससंगै निर्धा्रित ओभरमा ८ विकेट गुमाएर २ सय ९९ रन बनायो । ओपनरद्धय रोहित शर्मा २१ तथा शिखर धवन ७ रनमा आउट भएपनि घरेलु टोलीका लागि विराट कोहलीले १ सय ३८ रनको उच्च स्कोर बनाए ।

यस्तै सुरेश रैनाले ५३ तथा आजिक्या राहाणेले ४५ रनमा आउट भए । अफ्रिकी टोलीका डेल स्टेयन तथा कागिसो राबाडाले समान ३ विकेट लिए । साउथ अफ्रिकाबिरुद्धको ट्वान्टी २० सिरिज गुमाएको घरेलु टोली इन्डिया वान डे सिरिज जोगाउन संघर्षरत छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी