मान्यजनको हातबाट टीका थाप्ने क्रम आज पनि जारी

मान्यजनको हातबाट टीका थाप्ने क्रम आज पनि जारी

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ६ कार्तिक ।

आज विजयादशमी (टीका)को दोस्रो दिन । आफन्त र मान्यजनका हातबाट आज पनि टीका थाप्ने क्रम जारी छ ।

दशमीका दिनदेखि पूर्णिमासम्म मान्यजनका हातबाट दसैंको टीका र आशीर्वाद थाप्ने परम्परा रहेको छ ।

भारतले गरेको नकाबन्दी र मधेसमा जारी आन्दोलनका कारण मुलुकभर दसैं कष्टकर बनेको सर्वसाधारणले गुनासो गरेका छन् ।

राजधानीमै पनि पेट्रोलियम पदार्थको अभावका कारण सर्वसाधारणले आफन्तको हातबाट टीका लगाउन जान नपाएको गुनासो गरेका छन् ।

काठमाडौं मीनभवनका स्थायी वासिन्द दीपक थपाले यसपालिको टीका घरमै आमा र बुबाको हातबाट मात्रै थाप्ने निधो गरेका छन् ।

नाकाबन्दीका कारण उपभोग्यवस्तुको अभाव र चर्को मूल्य झेल्दै आएका उपभोक्ताले अन्य समयमा भन्दा दसैंमा ठूलोमात्रामा उपभोग्यवस्तु खपत गर्ने गर्छन ।

राजधानीका कतिपय वासिन्दाले ग्यासको अभावमा दाउरामा खाना पकाउन थालेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ