काठमाडौं,६ कात्तिक ।
यसवर्ष दसैंमा १३ लाख जनाले काठमाडौं छोडेका छन् ।
विभिन्न नाका भएर १३ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ ।
इन्धन अभावमा सार्वजनिक बस कम चल्दा धेरैजना ट्रक, ट्याक्टर लगायत अरु गाडीमा चढेर घर गएका थिए ।
दशैको भोलीपल्टबाटै घर जानेहरु विस्तारै फर्किन थालेका छन् । दसैंको टिका लगाएर हिजो केहि फर्किए पनि आजदेखि फर्कनेको संख्या बढ्ने यातायात व्यवसायीले बताएका छन् ।
यसअघि नेपाल आयल निगमले डिजेलको केहि वितरण सहज बनाएपनि गाउँ गाउँबाट फर्कन समस्या भएको व्यवसायीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline