देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो

देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो

  • बिहिबार, कार्तिक ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, ५ कात्तिक ।

काठमाडौँको हनुमानढोका नजिकै रहेको तलेजु मन्दिरमा आज कुमारीलाई दर्शन गराइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल दिन कुमारीले दर्शन गर्ने परम्परा छ ।

कुमारी घरबाट विधिविधानपूर्वक कुमारीलाई तलेजु भवानीको दर्शनका लागि लगिएको गौतमरत्न शाक्यले जानकारी दिनुभयो । यसवर्ष नवमी र दशमीको तिथि आजै परेको छ ।

वर्ष दिनमा एक दिनमात्र नवमीको दिन आज देवीको दर्शन सर्वसाधारणलाई समेत खुल्ला गरिने परम्परा अनुसार आज त्यहाँ विशेष मेला लागेको छ । मन्दिरमा मुल प्रवेशद्वारबाट भक्तजनलाई दर्शनको लागि व्यवस्था मिलाइएको भए पनि यसपटक बसन्तपुर नजिकैबाट उनीहरुलाई बाहिर निकालिएको छ ।

भूकम्पका कारण मन्दिर क्षेत्रमा जोखिम रहेकाले दर्शन गर्न आएका भक्तजनलाई यसवर्ष दर्शन गरी फर्कने मार्ग परिवर्तन गरिएको हनुमानढोका दरवार हेरचाह अड्डाका कर्मचारी साधुराम पुडासैनीले जानकारी दिनुभयो ।

मन्दिर आसपास क्षेत्रमा आउने भक्तजनलाई साँझ ५ः०० बजेसम्म दर्शनको व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी