सरकार र मधेसी मोर्चाबीच वार्ता , सहमति कार्यन्वयनमा जोड ,मागमा लचिलो हुन वार्ता टोलीको आग्रह

सरकार र मधेसी मोर्चाबीच वार्ता , सहमति कार्यन्वयनमा जोड ,मागमा लचिलो हुन वार्ता टोलीको आग्रह

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त मधेसी मोर्चा बीच आज वार्ता भएको छ ।

वार्तामा मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवं सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

आन्दोलनरत पक्षले तराईमा दुई प्रदेश हुनुपर्ने पुरानो माग दोहो¥याएको र आफूहरुले लचिलो हुन आग्रह गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न अनुरोध गरेको र सीमाङ्कनको टुङ्गो लाग्ने वित्तिकै परिस्थिति सहज हुने आन्दोलनरत पक्षले बताएको जानकारी दिनुभयो ।

अस्ति सरकारले उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोली गठनसँगै हिजो पहिलो चरणमा अनौपचारिक वार्ता भएको थियो ।

आजको वार्तामा टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापा, मन्त्री शर्मा र बिना विभागीय मन्त्री रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो ।

मोर्चाका तर्फबाट तराई मधेस (लोकतान्त्रिक) पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र लालबाबु राउत सहभागी हुनुहुन्थ्यो ।

मोर्चाको वार्ता टोलीका सबै सदस्य काठमाडौंमा नरहेकाले आउँदो आईतबार फेरी वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ