रुपन्देहीको बेलहिया नाकाको अवरोध हट्यो

रुपन्देहीको बेलहिया नाकाको अवरोध हट्यो

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

रुपन्देहीको बेलहिया नाकाको अवरोध हटेको छ ।

आफ्ना दुई जना नागरिक कुटिएको विरोधमा भारतीय पक्षले आज विहान देखि बेलहिया नाका ठप्प बनाएको थियो ।

कुटपिटमा संलग्न युवालाई कारवाही गर्ने सहमती भएपछि नाका केहिबेरअघिबाट सुचारु भएको हो । नाकामा अवरोध हुँदा भारतबाट नेपाल आउने पैदल यात्री बाहेक सवारी साधन ठप्प भएका थिए ।

दुवै पक्षका युवाबिच हुनसक्ने सम्भावित झडपलाई ध्यान दिएर बेलहियामा सुरक्षा अवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका आज विहानैबाट बन्द भएको थियो

कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ