यु– १९ विश्वकप छनौट खेलमा नेपालले आयरल्याण्ड ८ विकेटले हरायो

यु– १९ विश्वकप छनौट खेलमा नेपालले आयरल्याण्ड ८ विकेटले हरायो

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

१९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समूहचरणको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

आयरल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य नेपालले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्योे ।

नेपालका लागि ओपनर सन्दिप सुनारले ८५ र सुनिल धमलाले ७५ रनको योगदान दिए । यस्तै, राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले ४ रन बनाए ।

पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धा्रित ५० ओभरमा ७ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

आयरल्याण्डका आरोन गिलस्पाइले नटआउट ५३ तथा ज्याक टेकटोरले ४६ रन बनाए । नेपालका प्रेम तामाङले चार, ललित राजवंशीले दुई तथा सुशिल कँडेलले एक विकेट लिए ।

जितसँगै नेपाल समूह बिजेता बन्दै फाइनल प्रवेश गरेको छ । यसअघि भएका तीन खेलमा जित निकालेको नेपालले छनौट प्रतियोगिताको फाइनलमा यसअघि नै स्थान बनाइसकेको छ ।

आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपमा छनौट हुनका लागि भोलि नेपालले आयरल्याण्डसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा छनौट हुन नेपालले भोलीको खेल जित्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी