राजमार्ग र जंगली क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन

राजमार्ग र जंगली क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

गौशाला, ४ कात्तिक ।

बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

महोत्तरीको राजमार्गमा पर्ने माईस्थान टुटेश्वर लक्ष्मीनियालगायत आठ ठाउँमा नियमित गस्तीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी