काठमाडौं,४ कात्तिक ।
मलेशियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयरल्यान्डसँग खेलिरहेको छ ।
आयरल्याण्डले टस जितर अहिले ब्याटिङ गरिहेको छ । यसअघि भएका तीन खेलमा जित निकालेको नेपालले छनौट प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको छ । यसअघि, समूहमा तीन खेल जित्दै दुबै टोली फाइनलमा पुगिसकेको अवस्थामा आजको खेल औपचारिकतामा मात्रै सीमित हुने छ ।
यी दुई टोलीहरुबीच बिहिबार हुने फाइनल खेलले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपमा छनौट हुने एक टोलीको टुंगो लगाउनेछ । विश्वकपमा छनौट हुनका लागि नेपालले फाइनल जित्नुपर्ने हुन्छ ।
युगान्डा, अमेरिका, पपुवा न्यु गिनीसहित नेपाल र आयरल्याण्ड सहभागी छनौट प्रतियोगिताको फाइनलमा तीन खेल जितका नेपाल र आयरल्याण्ड पुगेका हुन् ।
नेपालले अमेरिकालाई ६ विकेटले ,पपुवा न्युगिनीलाई ९ विकेटले र युगान्डालाई १ सय ७१ रनले पराजित गरेको थियो ।