दुर्घटनामा शिक्षकको मृत्यु

दुर्घटनामा शिक्षकको मृत्यु

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

रौतहट, २ कात्तिक ।

गौर नगरपालिका–१३ स्थित मुडवलवामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतीय नम्बरको जिपले ठक्कर दिँदा धर्मपुर गाविस–१ बस्ने ३७ वर्षीय उमेशप्रसाद यादवको घटनास्थलमा नै मृत्यु भएको हो । तीव्र गतिमा गुडिरहेको बी आर ०५ ए १३९३ नम्बरको भारतीय बोलेरो जिपले साइकलमा यात्रा गरिरहेका यादवलाई ठक्कर दिएको थियो ।

मृतक यादव स्थानीय धर्मपुर माध्यमिक विद्यालयका शिक्षक रहेको बुझिएको छ । दुर्घटनापछि चालक फरार छन् । सवारी हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ