आइसिसी अण्डर १९ छनौट खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पाखा लगायो

आइसिसी अण्डर १९ छनौट खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पाखा लगायो

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २ कार्तिक ।

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले फिल्डिङ गरेको अमेरिकाले निर्धा्रित ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ९ रन बनाएको थियो ।

अमेरिकाले प्रस्तुत गरेको एक सय ९ रनको लक्ष्य नेपालले १७ दशमलव ५  ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि योगेन्द्र सिंह कार्कीले नटआउट ५३, सुनिल धमलाले १७, सौरभ खनालले नटआउट १६ तथा शंकर रानाले १२ रन बनाए ।

सौरभ खनालले जितका लागि एक रन चाहिएको अवस्थामा छक्का हानेपछि नेपालले एक सय १४ रन जोड्यो ।

अमेरिकाका मोहक बुचले दुई विकेट लिए । यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ९ रन बनायो ।

अमेरिकाले एक सय ९ रन बनाएपनि नेपालले डक वर्थ लुइस नियमका आधारमा एक सय ९ रन कै लक्ष्य पाएको हो ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलको ३५ ओभरपछि खराब मौसमका कारण केही बेर रोकिएको थियो ।

मौसमले प्रभावित भएको खेल ४८ ओभरमा छोट्याइएको थियो । नेपाले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ९ विकेट तथा दोस्रो खेलमा युगान्डालाई १ सय ७१ रनले हराएको थियो ।

अमेरिकालाई हराएसँगै नेपालको आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनौट हुने सम्भावना बलियो भएको छ ।

नेपालले अब बुधबार आयरल्याण्डसँग खेल्ने छ । त्यो खेलमा आयरल्याण्डलाई हराउन सके नेपाल विश्वकपका लागि छानिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी