काठमाडौं, २ कार्तिक ।
गैँडाको आक्रमणबाट महोत्तरीको सोनमा गाविसमा दुईजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया निर्मला देवी र भतिजी १० वर्षीया रामतोला ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
रघुनाथपुर गाविस– ७ स्थित मरहा खोला हुँदै जङ्गल क्षेत्रबाट आएको गैँडाले आज बिहान शौचालयका लागि खोलातिर गएका दुवैजनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका दुवैजनालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी गैँडा पुनः मरहा खोला हुँदै जङ्गलतिर भागेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline