काठमाडौं, २ कार्तिक ।
भारतीय नाकाबन्दीका कारण मुलुकभर इन्धन को चरम अभाव भइरहेका बेला उपत्यकामा भने सुरक्षाकर्मीबाटै पेट्रोलको कालोबजारि भइरहेको भटिएको छ ।
बजार अनुगमन गर्ने निकाय बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागले गरेको अनुगमनको क्रममा सुरक्षाकर्मीको मिलेमतोमा नेपाली सेना र सशस्त्र प्रहरीको पेट्रोल पम्पबाट इन्धनको कालोबजारि भइरहेको फेला परेको हो ।
बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागका अनुगमन निर्देशक हरिनारायण वेल्वासेले सशस्त्र र आर्मीका विभिन्न पेट्रोल पम्पहरुमा ज्ञालीन र बोतलमा इन्धन वितरण गर्ने र बजारमा लगेर बेच्ने गरेको भेटिएको बताउनुभयो ।
विभागले आर्मीको भद्रकालीस्थित पम्पमा अनुगमनका क्रममा कालोबजारीको संकेत पाएपछि सैनीक नेतृत्वलाइृ सचेत समेत गराएको छ ।
राज्यका जिम्मेवार निकायबाट नै गलत तरिकाले यन्धन वितरण भइरहेको भन्दे विभागले कालोबजारि गर्नेमाथि कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।