एजेन्सी,१ कात्तिक ।
टर्कीको दक्षिणी क्षेत्रमा केही दिनयतादेखि जारी रहेको हिंसात्मक विद्रोहका क्रममा भएका भिडन्तमा परी कम्तीमा पनि चार जना सैनिक र २० विद्रोही मारिएका छन् ।
इराकको सीमा क्षेत्रमा पर्ने दाग्लिका क्षेत्रमा ती भिडन्तहरु भएका थिए । भिडन्तमा परी अरु कैयौँ कुर्दिस विद्रोही घाइते भएका छन् ।
सो कारबाही हेलिकोप्टरबाट र स्थलगत रुपमा पनि गरिएको प्राप्त समाचारमा जनाइएको छ । टर्कीमा हुन लागेको यही नोभेम्बर १ को निर्वाचनको पूर्व सन्ध्यामा यी भिडन्तहरु भएका हुन् ।
सो निर्वाचनलाई मध्यनजर गरी कुर्दिस विद्रोही पिकेकेले केही महिनायतादेखि नै आक्रमणलाई तीब्र पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline