फोरम लोकतान्त्रिकका महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग

फोरम लोकतान्त्रिकका महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाण्डौ,१ कात्तिक ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवले पाटी परित्याग गरेको घोषणा गर्नुभएको छ । राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी महासचिव यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

यादबसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेका छन ।

सीमाङ्कनसहितको संघीय संविधानका लागि सुरु भएको थरुहट–मधेस आन्दोललाई नै समाप्त पार्ने गरी आत्मघाती कदमस्वरुप पार्टी अध्यक्षले केन्द्रीय कार्यसमितिलाई कुनै आधिकारिक जानकारी नदिई एकलौटी ढंगले सत्ताको लोभमा सरकारमा सहभागी भएको भन्दै यादवसहित पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेको बताइएको छ ।

यादवले आफ्नै पार्टीका अध्यक्ष मधेस विरोधी भएको भन्दै पार्टीका केन्द्रीय समिति, जिल्ला समिति, निर्वाचन क्षेत्र, राजविराज नगर समिति तथा गाउँ समितिका करिब दुई सयभन्दा बढी कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी