काठमाण्डौ,१ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली संघ एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाउनु भएको छ ।
उहाले पुनःनिर्माणमा सहयोग गर्ने सहयोगको प्रतिबद्धता जनाउने राष्ट्र तथा दातृ निकायलाई पुनःनिर्माण कार्य पारदर्शी हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्दै अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline