काठमाडौं, १ कार्तिक ।
भारत भ्रमणमा रहनुभएका उपप्रधान एव परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुुष्मा स्वराजबीच आज भेटवार्ता हुदै छ ।
भारतीय नाकाबन्दीसंगै नेपालमा इन्धन लगाएत अत्यावश्यकिय बस्तुको अभाव हुन थालेपछि समस्या सामाधान गर्न मन्त्री थापा हिजो दिल्ली जानुभएको हो ।
आज साँझ विदेशमन्त्री स्वोराजसंग हुने डिनर मिटिङमा इन्धन आपुर्तीमा देखिएको समस्या र दुई पक्षिय हितमा रहेर वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि मन्त्री थापाले भारतीय विदेश सचिव यस जयशंकरसंग आजै दिउसो होटल ओवरोयमा भेटवार्ता गर्नुहुनेछ ।
त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी, र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबललगाएत विशिष्ट व्यक्तिहरुसंग पनि भेट गर्ने कार्यतालीका छ । थापा भोली स्वदेश फर्कनुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline