दलदले–बुलिङ्गटार सडक खण्ड २ महिनापछि संचालनमा

दलदले–बुलिङ्गटार सडक खण्ड २ महिनापछि संचालनमा

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १ कार्तिक ।

नवलपरासीको दलदले–बुलिङ्गटार सडक खण्ड २ महिनापछि संचालनमा आएको छ ।

नवलपरासीको दलदले–बुलिङ्गटार सडक खण्डको अर्खलामा गएको पहिरो जिल्ला विकास समिति नवलपरासीको सहयोगमा स्थानीय बासिन्दाले पन्छाएपछि गाडी चल्न थालेका छन् ।

दुई महिना अघि गएको पहिरो दसैँ लागेपछि हटाइएको हो । जिल्ला विकास समितिले डोजर खर्च व्यहोर्ने गरी काम अगाडि बढाएपछि पहिरो पन्छाउन सजिलो भएको थियो ।

दलदलेबाट अर्खला हुँदै बुलिङ्गटार जाने गाडी सहज रुपमा गन्तव्यमा पुगेको समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिनुभयो ।

दैनिक एक सय जीप र आधा ६ वटा गाडी चल्ने यो सडकमा पहिरोका कारण यातायात सुचारु हुन नसक्दा जौवारी, भारतीपुर हुँदै ६ सय रुपैयाँ भाडा तिरेर बुलिङ्गटारका बासिन्दा हिड्नु परेको थियो । दसैँमा बाटो खुलेपछि घर जानेको भीड लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ