इन्धन बोकेका ८६ गाडि नेपाल भित्रीए , रक्सौल नाका २४ दिनदेखि ठप्प

इन्धन बोकेका ८६ गाडि नेपाल भित्रीए , रक्सौल नाका २४ दिनदेखि ठप्प

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १ कार्तिक ।

रक्सौल नाका नखुलेसम्म इन्धन आपूर्ति अझै सहज नहुने देखिएको छ ।

रक्सौल बाहेक अन्य नाका सहज भएपनि मुलुककै प्रमुख नाका वीरगञ्ज ठप्प हुँदा मुलुकभर पेट्रोलियम पदार्थको चरम अभाव भएको नेपाल आयल निगमको भनाई छ ।

अन्य नाकाबाट नेपाल भित्रिएको इन्धनले मात्र माग पुरा हुन नसक्ने निगमका प्रवक्ता दिपक बरालले बताउनुभयो । मधेशी मोर्चाका कार्यकर्ताले लगातार धर्ना दिदाँ रक्सौल नाका २४ दिनदेखि ठप्प छ ।

यसैबीच बाँकेको रुपैडिया नाकाबाट गएराति इन्धन बोकेका ५० सवारी साधन नेपाल भित्रिएका छन । ३६ ट्यांकर डिजेल , ५ ट्यांकर हवाई इन्धन र ५ ट्यांकर पेट्रोल बोकेका गाडि नेपाल प्रवेश गरेका हुन ।

भारतको उत्तर प्रदेशमा ग्रामको निर्वाचन परेकाले स्वो नाका हिजो र अस्ति सिल गरिएको थियो । हिजो साँझ नाका खुला गरिएपछि इन्धन आयात भएको हो ।

उता वीराटनगर नाका भएर १० वटा इन्धन बोकेका गाडी नेपाल भित्रएका छन् । गए राति डिजेल बोकेका सात वटा र पेट्रोल बोकेका तीन वटा ट्यांकर नेपाल भित्रिएको वीरटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले वीराटनगर भन्सार कार्यालय सञ्चालनमा कुनै असजिलो नभएको जानकारी दिनुभयो

यस्तै रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २५ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार शनिबार राति १० बजेसम्म डिजेल बोकेका १० र पेट्रोल बोकेका ९ ट्याङकर नेपाल भित्रिएका छन् ।

यस्तै ७ वटा एलपी ग्यासको बुलेट पनि भित्रिएका छन् । अरु समान बोकेका तीनसय भन्दा धरै गाडी बेलहिया नाका भएर नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी