काठमाडौं, १ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।
एमाओवादीसहित सत्ता साझेदार दलहरुलाई समेटेर प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको हो ।
एनेकपा माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम अहिले केहिबेरमा प्रधानमनत्रीलाई बझाउदै छ ।
सचिव टोप बहादुर रायमाझिको नेतृत्वमा सरकारमा सहभागि हुन लागेको एमाओवादीले सत्ता साझेदारका भएका कारण आठ मन्त्रलय पाउने तय भएको छ ।
सचिव रायमाझि उप्रधानसहित पर्यटन, शक्ति बस्नेत गृह र अग्नि सापकोटाले शिक्षा मन्त्रालय सम्हाल्ने तय भएको छ । यसअघि पार्टी कोषध्यक्ष हरिबोल गजुरेलले कृर्षी मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
बाँकी चार मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा टुंगो लगाएर पार्टी अध्यक्ष प्रचण्डले केहिबेरमा प्रधानमन्त्रीलाई नाम बुझाउनुहुनेु उहाका स्वकीय सचिव चुडामणी खड्काले बताउनुभयो ।
सरकारको नेतृत्वकर्ता दल एमालेबाट पनि आज थप केहि सरकारमा सहभागि हुने बताइए पनि कसलाई पठाउने भन्नेबारे टुंगो लागेको छैन ।
राप्रपा र फोरम लोकतान्त्रीकले भने आफुहरुले पाउने मन्त्रालय तय भइनसकेकाले तत्काल नाम पठाउन नसकिने जनाएका छन । मन्त्रालय तय हुनासाथ नाम सिफारिस गर्ने उनिहरुको भनाई छ ।