फलावाङ्गबासिले चन्दा संकलनमा ६ किलोमिटर सडक मर्मत गरे

फलावाङ्गबासिले चन्दा संकलनमा ६ किलोमिटर सडक मर्मत गरे

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असोज ३० सल्यान  ।

जिल्लाभरी राजनीतीक भाग वण्डा गरीकन बर्षायाममा विग्रिएको बाटो मर्मत भैरहेका वेला फलावाङ्गाका स्थानियवासीले आफै चन्दा संकलन गरेर बाटो मर्मत गरेका छन । उनिहरुले स्वइच्छिक चन्दा संकलन गरी त्रिवेणीको लुहामबाट फलावाङ्ग सम्मको ६ किलोमिटर मोटरबाटो मर्मत गरेका हुन ।

राजनीतिक दलको हालिमुहाली भएको जिविसले दलका कार्यकर्तालाई पर्ने गरि जिल्लाका विभिन्न ठाँउमा सडक मर्मत भन्दै रकम वितरण गर्दा पनि ति सडक नाम मात्रैका मर्मत भएका छन तर फलावाङ्गका वासिन्दाले आफै सडक मर्मत गरी दशै तिहारमा गाडीमा हिड्नसक्ने बाटो बनाएको स्थानिय शरद शर्माले जनाएका छन ।

केहिदिन अघि मर्मपरिकाँडा र चाँदे करेन्जीका बासिन्दाले सिद्धेश्वरीको ढोरचौर देखि चिनाली हुदै चौरजहारी जोड्ने सडक खण्डको गुरुदासेसम्म जनश्रमदान गरी गाडि संचालनमा ल्याएका थिए । स्थानियले प्रतिपरिवार २ दिन ढोरचौर देखि गुरुदासेसम्मको मोटरबाटो जनश्रमदान गरी संचालनमा ल्याएका थिए । खलंगामा चौरजहारी जानलाई झण्डै आधा भन्दा फरक पर्ने सडकको गुरुदासेबाट स्वीकोटको रुमालगाँउ सम्म मात्र बाँकी रहेको छ ।

यो सडक संचालन हुन सके सल्यानको उत्तरी पश्चिममा चाँदे, मुलखोला, मर्म, कालागाँउ, जिमाली, स्वीकोट, बामे र रुकुम चौरजहारी तथा जाजरकोट जानलाई सजिलो हुने थियो यसतर्फ कसैको ध्यान जान सकेको छैन । बरु राजनीतिक दलहरु आफ्ना कार्यकर्ताले संचालनमा ल्याएका डोजहरुलाई काम गराउन रकम बाँडिरहेका छन । यतातिर सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ