आन्दोलनतर मधेसी मोर्चाले प्रधानमन्त्रीलाई जवाफ पठाउने

आन्दोलनतर मधेसी मोर्चाले प्रधानमन्त्रीलाई जवाफ पठाउने

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ३० असोज ।

सरकारले वार्ताको आहृवान गर्दै पत्र पठाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको जवाफ दिने तयारी गरेको छ ।

नेताहरुका अनुसार आजै बैठक बस्ने तयारी छ । बैठकका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्य नेताहरुसँग कुराकानी भइरहेको छ ।

तर, मधेसी मोर्चाका नेताहरुले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्रको भाषाप्रति भने असन्तुष्टि जनाएका छन् ।

मोर्चाका एक नेताले ‘वार्ताको आहृवान गर्नु सकारात्मक भऐपनि जमिनदारी भाषा प्रयोग गरिएको बताए ।

सरकार र मोर्चाबीच सुरु भएको वार्ता नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै छाँयामा परेको थियो ।

मधेसी मोर्चाले वार्ता आहृवान सकारात्मक भएपछि पत्रमा कहाँ कहिले र कोसँग वार्ता गर्ने भन्ने प्रष्ट नभएको बताएको छ । साथै आन्दोलन रोकेर वार्ता हुन नसक्ने मार्चाको अडान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेसी मोर्चालाई पत्र पठाएर वार्तामा आउन आहृवान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी