मधेसको समस्या सरकारले रचनात्मक तरिकाले सम्बोधन गर्नुपर्छ : सिटौला

मधेसको समस्या सरकारले रचनात्मक तरिकाले सम्बोधन गर्नुपर्छ : सिटौला

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडों, ३० असोज ।

नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले तराई मधेसको समस्या सरकारले रचनात्मक तरिकाले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

धरान जाने क्रममा बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले लामो समयदेखि तराईमा जारी आन्दोलनको निकासका लागि सरकारले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभउको छ ।

सभामुख र उपसभामुख तटस्थ बस्नुपर्ने निकाय भएकाले आफूहरुले उम्मेद्वारी नदिएको बताउँदै राष्ट्रपति र उपराष्ट्रपति देशको संरक्षक भएकाले दुवै पदमा आफूहरुको दाबी रहने उहाको भनाई छ ।

राष्ट्रपति र उपराष्ट्रपति देशको संरक्षक रहेकाले आफुहरुले दुवै पदमा देशको संरक्षण गर्न सक्ने मान्छेलाई उम्मेद्वार बनाउने र त्यसका लागि दलहरुसँग छलफल जारी रहेको सिटौलाको भनाई छ ।

उम्मेद्वार महन्थ ठाकुर पनि हुनसक्ने भन्दै उहाले कांग्रेस भित्रकै अन्य व्यक्ति पनि उक्त पद सम्हाल्ने सक्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी