काठमाडौ ३० असोज ।
रेडबुल राष्ट्रिय लिग फुटबलको उपाधीका लागि आज बिभागीय टोली रुस्लान थ्रीस्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
खेल दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेकसमा हुनेछ । आजको खेलमा बराबरी मात्र गरेपनि थ्रिस्टार उपाधि हात पार्न सफल हुनेछ भने मनाङलाई जित्नै पर्ने दबाब छ ।
थ्रिस्टारले बराबरीमात्र खेलेपनि गोलअन्तरका आधारमा आर्मीलाई पछि पार्दै लिगको उपाधी हात पार्नेछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको थ्रिस्टारको १५ खेलबाट ३२ अंक छ ।
समान खेल खेलेको मनाङ ३१ अंक सहित तेस्रो स्थानमा छ । यसअघि हिजोको खेलमा पुलिसलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको उपविजेता बनेको छ । विजेता टोलीले १ करोड र उपविजेताले ५० लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline