काठमाडौ ३० असोज ।
नयाँ संविधानमा असन्तुष्टी जनाउदै तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एउटा घटक सदभावना पार्टीले सरकारले वार्ताका लागि गरेको प्रस्ताव स्वीकार गर्न नसकिने बताएको छ ।
सरकारले आन्दोलन फिर्ता लिएर वार्तामा आउन आह्वान गरेको भन्दै सो पार्टीले पहिले वार्ता गरेर मात्र आन्दोलनको बिषयमा छलफल हुन सक्ने बताएको छ ।
सरकारले वार्ताका लागी अग्रसरता देखाएर आह्वान गर्नु सकारात्मक भएपनि भएपनि आन्दोलन फिर्ता लिएर छलफल गर्ने प्रस्ताव गर्नु आफूहरुलाई स्विकार्य नहुने सदभावना पार्टीका महासचिव मनिष सुमनले बताउनुभयो ।
मोर्चाका तर्फबाट सरकारको वार्ता आह्वानवारे आजै प्रतिक्रिया सार्वजनिक गरिने सुमनको भनाई छ । महासचिव सुमनले मधेसको मुद्धालाई केन्द्रमा राखेर मात्र मोर्चा छलफल गर्न तयार हुने बताउनुभयो ।
आन्दोलनरत मधेसी तथा थारु मोर्चामा आवद्ध विभिन्न दललाई वार्ताबाट समस्या समाधानका लागी वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पत्राचार गर्नुभएको थियो ।