असोज ३० काठमाण्डौं ।
यबर्षको दशैमा घर जानेहरु यात्रुहरु समस्यामा परेका छन ।
तराइका जिल्लामा निरन्तर भइरहेको आन्दोलन र भारतले गरेको नाकाबन्दी कारण इन्धनको अभाब हुदा कम मात्रामा सवारी साधन चलेपछि दशैमा घरजाने यात्रुहरु जोखिम मोलेर बसको छतमा बसेर यात्रा गर्न बाध्य छन ।
यसपाली अग्रिम टिकट नखुलेकाले झनै समस्या भएको छ । दशै आएसंगै यात्रुहरु बसभित्र मुढामा बसेर भएपनि लामो यात्रा गर्न बाध्य छन । बिशेषगरी दशै मनाउन पुर्बी जिल्ला घर भएकाहरुलाई निकै कठिन यात्रा गर्नुपरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी राखेको बन्दका कारण १० घण्टाको यात्रा यात्रुहरु २४ घण्टा गर्न बाध्य छन । झापा, मोरङ, सुनसरी लगायताका स्थानमा जाने यात्रुहरु बढी मारमा परेका हुन ।
बसभित्र कोचिएर जानुपर्दा यात्रा गर्न निकै समस्या भएको उनीहरुको गुनासो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline