परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ,३० असोज ।  

परराष्ट्रमन्त्री कमल बहादुर थापा आज भारत भ्रमणमा जादै हुनुहुन्छ । पछिल्लो समय भारतले सिमानाकामा गरेको कडाइका कारण आपुर्ति सहज नहुदा समस्या भएको भन्दै त्यस विषयमा छलफल गर्न उहाँ भारत जान लाग्नु भएको हो ।

नेपालमा घोषणा भएको संविधानमा असन्तुष्टी जनाउदै भारतले गरेको अघोषित नाकाबन्दी र इन्धन आपूर्तिमा गरेको कडाईका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

मन्त्री थापाको भ्रमण सीमानाकामा रहेको कडाई हटाउने तथा इन्धनको सहज आपूर्तिका विषयमा केन्द्रित हुने बताइएको छ । प्रमुख समस्या अघोषित नाकाबन्दी समाधानमा भारत सकारात्मक देखिएमा मात्र अन्य विषयमा छलफल गर्ने जनाएको छ ।

यद्यपी भारतले भने गत वर्षको साउनमा दुई मुलुकका परराष्ट्रमन्त्रालयबीचमा भएको सहमतिको कार्यविवरण र कार्यसमिक्षा बोकेर आउन आग्रह गरेको छ । परराष्ट्रमन्त्रालय उच्च स्रोतका अनुसार भ्रमणको क्रममा त्यसको कार्यान्वयनको स्थितिबारे छलफल गर्ने भारतको चहाना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी