रायमाझीलाई पार्टीमा टिकाउन महरा रोकिए

रायमाझीलाई पार्टीमा टिकाउन महरा रोकिए

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

असोज ३० काठमाण्डौं ।

एकीकृत नेकपा माओवादीले पार्टी महासचिव कृष्ण बहादुर महरालाई सरकारको नेतृत्व दिने भने पनि फेरी उनलाई फिर्ता गरी सचिव टोप बहादुर रायमाझीलाई नै नेतृत्वमा पठाउने भएको छ ।

साथै रायमाझीले गृहमन्त्रालय समेत पाउने छन् ।

पार्टी अध्यक्ष प्रचण्डले आफ्ना विश्वास पात्र एवं पूर्व गृहमन्त्री समेत रहेका महरालाई सभामुख बनाउन चाहे पनि उनी सरकारमै जान चाहे पछि नेतृत्व दिने निर्णय गराएका थिए ।

तर एकाएक यो निर्णयमा परिवर्तन आए पछि माओवादी कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।

स्रोतका अनुसार लामो समय बाबुराम भट्टराई समुहमा रहेका रायमाझीले फेरी अलग हुन सक्ने चेतावनी दिए पछि पार्टी जोगाउन भन्दै प्रचण्डले रायमाझीलाई सरकारको नेतृत्व दिने निर्णय गराएका हुन् ।

रायमाझी अर्घाखाचीबाट निर्वाचीत सभासद समेत हुन् ।

बाबुरामले राजीनामा दिएर हिडे पछि उनी पार्टी बलियो बनाउने भन्दै मुल पार्टीमा बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ