प्रधानमन्त्रीद्वारा मधेसी र थारु मोर्चामा आबद्ध दललाई पत्राचार

प्रधानमन्त्रीद्वारा मधेसी र थारु मोर्चामा आबद्ध दललाई पत्राचार

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्नका लागि पत्राचार गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो । नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव खेपिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ