काठमाडौँबाट तराईका विभिन्न स्थानमा औषधि पठाइयो

काठमाडौँबाट तराईका विभिन्न स्थानमा औषधि पठाइयो

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २९ असोज । टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्पदंशका औषधि तराईका विभिन्न स्थानमा आज पठाएको छ ।

तराईका विभिन्न जिल्लामा औषधिको अभाव भएपछि सर्पदंशका साथै अन्य आवश्यक औषधिसमेत महाशाखाले आज पठाएको हो ।

विशेषगरी तराई क्षेत्रमा यतिबेला सर्पको बिगबिगी हुने र त्यहाँका जनतालाई सर्पले डस्दा औषधिको अभावले धेरैले ज्यान गुमाउनुपर्ने अवस्था बढ्न थालेको र औषधिको अभाव देखिएपछि त्यसलाई न्यूनीकरण गर्न काठमाडौँबाट औषधि पठाउन परेको हो ।
महाशाखाका निर्देशक डा बाबुराम मरासिनीको नेतृत्वमा स्वास्थ्यकर्मीकोे एक टोली आज हेटाँैडा गएको छ । हेटौँडाबाट त्यसआसपास क्षेत्रका आवश्यक जिल्लामा ती औषधि उपलब्ध गराइनेछ । हेटौँडा पठाइएका औषधिमा एनटी स्नेक भेनम, एन्टी रेविज भेक्सिन करिब रु १० लाखको छ ।

बुटवलमा पनि सोही मूल्य बराबरको औषधि पठाइएको निर्देशक मरासिनीले जानकारी दिनु भयो ।
त्यसैगरी कैलालीलगायतका स्थानमा इन्धनको अभावले तत्काल औषधि पठाउन नसकिएको बताउँदै गृह मन्त्रालाय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी छिट्टै पठाइने तयारी भइरहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ